एकजना युवकसँग राखेको प्रेम सम्बन्धका कारण एक युवतीले ६ वर्षसम्म खोरमा थुनिनु परेको छ, त्यो पनि आफ्नै बाउ आमाबाट । सुन्दैमा झसँग लाग्ने यो घटना चीनको हो । छोरीले प्रेम सम्बन्ध राखेको केटा आफुहरुलाई मन नपरेको भन्दै उक्त केटासँगको सम्बन्ध छुटाउन बाध्य पार्नका लागि एक निर्दयी दम्पतिले आफ्नै छोरीलाई ६ वर्षसम्म खोरमा थुनेर राखेको रहस्योद्घाटन भएको छ । मध्य चीनको हुबेइ प्रान्तस्थित जिनगांग गाउँकी २४ वर्षीया युवती झांग क्विलाई उनका बुवाआमाले खोरमा थुनेर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । आफुले प्रेम सम्बन्ध राखेको केटालाई बाउआमाले अस्विकार गरेपछि धेरैपटक झांग उक्त केटासँग बिहे गर्नका लागि घरबाट भाग्ने प्रयास गरिन् ।
Showing posts with label Articles. Show all posts
Showing posts with label Articles. Show all posts
Thursday, February 26, 2015
Friday, January 09, 2015
Subscribe to:
Comments (Atom)